२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीको मुख्यमन्त्रीमा मेरो दाबी छैन– राजेन्द्र राई



फाईल फोटो
अ+ अ-

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताउनुभएको छ ।

शुक्रबार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि अब बन्ने नयाँ सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको नेता राईले बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा जम्मा ४६ मत खसेको थियो । बहुमतका लागि ४७ चाहिन्थ्यो ।

९३ सदस्यीय प्रदेशसभामा चार सिट भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको स्पष्ट गर्नुभएको हो ।

उहाँले केन्द्रमा समझदारी भएको अवस्थामा जुनसुकै जिम्मा लिन तयार रहेको तर व्यक्तिगतरुपमा मुख्यमन्त्रीमा आफ्नो दाबी र प्रयास नरहेको बताउनुभयो ।

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ । नयाँ सरकारका लागि प्रदेशप्रमुखको आह्वानसँगै बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने पाँचदलीय गठबन्धनका नेताहरुले बताएका छन् ।