६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ओइल्याउँदै ओल: निरास किसान

ओइल्याउँदै ओल: निरास किसान
अ+ अ-

महोत्तरी । “आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई” (अब लाग्छ, ओलले पनि जवाफ दिँदैछ) यसपालि समयले कुनै बालीलाई राम्रो तुक (साथ) नदिँदा ओलमा मन अड्याउनुभएका महोत्तरीको भङ्गाहा–४ प्रेमनगरका किसान जवाहर महतोले ओइल्याउँदै गएका ओलका बोट देखाउँदै भन्नुभयो । कम चिस्यानमै लहलहाउने ओलसमेत खडेरीले ओइलिन थालेपछि यसपालि अब कुन बालीले गुजारा चलाउने भन्ने महतोको चिन्ता छ ।

एउटा बाली नभए यसले त केही होला कि भन्ने आश पालेका किसानलाई यसपलि ओलले पनि निरास बनायो । यसपालिको लामो खडेरीले ओलका बोट पहेंलिँदै गएर सुक्न थालेपछि महतोसहितका ओल किसान अहिले गुजाराको चिन्ताले पिरोलिएका छन् ।

“भदैया धानके बिया जैरगेल, लत्ती तरकारी सेहो नई उग सकल, आब देखैछी जे ओल सेहो मुर्झारहल अई” (बर्खे धानको बीउ ब्याडमै डढ्यो, लहरे तरकारी पनि हुर्कन, बढ्न सकेनन्, अब त ओल पनि ओइलिन थाल्यो) जवाहरकै छिमेकी अर्का किसान रामविलास महतो पनि बिरक्तिदै भन्नुहुन्छ, “आब अईबेर घरपरिवारक प्रतिपाल केना होयत रु” (अब यसपालि जहान परिवारको पालन कसरी होला) । असार दोस्रो साता बित्नै लाग्दासम्म पनि माटो गालेर पानी नपरेपछि किसान यसपालि ठूलो अनिकाल त पर्ने होइन भन्ने चिन्तामा छन् ।

मधेशमा तरकारी फसलमा गनिने ओल यहाँका किसानकोे राम्रो आम्दानीको स्रोत रहँदै आएको थियो । पाखो जग्गाको अलि बलौटे जग्गामा पनि कम चिस्यान मैं हुने ओल खेती पनि यसपालिको खडेरीले खाएपछि किसान बिलखबन्द परेका देखिन्छन् । पछिल्ला केही दशकयता निकै फस्टाएको यो खेती यसपालिको लामो खडेरीले खाएपछि ‘अब चैं के गर्ने होला ?’ भन्ने आम किसानको चिन्ता छ । “थोरथार झार्र्रझुर्र पानीमा पनि हुने ओलसमेत पानीबेगर ओइलिने, सुक्ने भएपछि अब के ले उभो लाग्नेहोला रु” भङ्गाहा–४ टोकाटोलका किसान राजकुमार दास भन्नुहुन्छ ।

मधेशमा विशिष्ट तरकारी र अचार मानिने ओल राम्रो भाउ (मूल्य) पाइने फसल मानिन्छ । यहाँ (मधेशमा) एउटा कहावत (उखान, आहान, उक्ति) छ, ‘भादोके ओल, कि खाए राजा कि खाए चोर’ अर्थात भदौको ओल कि राजा कि चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्साउँछ । भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य तरकारीभन्दा निकै महगो हुने हुँदा यो हुने खाने र चोरेर खानेले मात्र भेट्टाउँछन् भन्ने कहावत स्थापित भएको हो । पितृपक्ष (असोज कृष्ण पक्ष), दसैँ, तिहार र अन्य पर्व बाक्लै पर्ने बेला उत्पादन लिइने ओल पवित्र मानिन्छ । देवकार्य, पितृकार्य र अन्य शुभअवसरमा ओलको परिकार हुनु यहाँ सम्पन्नतासँग पनि जोडिन्छ । महँगो तरकारी भान्छामा हुनुलाई यहाँ सम्पन्नतासँग जोडिने गरेको हो ।

दुई दशकअघिसम्म स्थानीय जातको ओलमात्र प्रचलनमा थियो । घरबारी ओरपर घुर्‍यानमा केही बोट लगाइने ओल निकै सप्रदा एक किलोसम्मको फल लाग्थ्यो । माटोमुनि फल्ने यसले तरकारी र चटनी (अचार) परिकारका लागि परापूर्वकालदेखि नै प्रसिद्धि पाउँदै आएको हो । पछिल्ला केही दशकयता महोत्तरीसहितका मधेशका जिल्लामा यसको व्यावसायिक खेती हुन थालेपछि उन्नत जातका ओल खेती प्रचलनमा आएका छन् । किसानले एउटा ओल सात/आठ किलोसम्मको बाक्लै निकालेका छन् । यहाँको ओलको स्वाद र गुणमा प्रसिद्ध भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बजारमा पुग्ने गरेको छ ।

विशिष्ट अतिथिका लागि ओलको तरकारी र चटनी खान दिने र खाने दुबैका लागि विशेष मानिने गरेको भेटिन्छ । ओलको तरकारी वा चटनीसहितको आतिथ्यता ग्रहण गरेका पाहुनाले “आज त ओलको परिकार खाइयो” भनेर दुईरचार ठाउँ बखान गर्नु महोत्तरीसहितका मधेशका सबैजसो जिल्लामा केही वर्ष पहिलेसम्म शानकै कुरा मानिने गरेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय नथुनी महतो बताउनुहुन्छ ।

“करिब तीन दशकअघिसम्म ओलको परिकार आम सर्वसाधारणको पहुँचमा थिएन, हुने खानेले खान्थे” महतोले भन्नुभयो, “घुर्‍यानमा केही बोट लगाएका गरिबगुरुवालाई त्यो बेचेर कैयौं सामान जोड्ने सपना हुन्थ्यो, आपूm नखाइ नखाइ बेच्थे ।” तर पछिल्ला कालमा ओलको विकसित जात खेती प्रचलनमा आएपछि यसले सबै वर्गका भान्सामा प्रवेश पाएको महतो बताउनुहुन्छ । बेजोड स्वाद र स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी (स्वास्थ्यवद्र्धक) भएको हुँदा मधेशको भान्सामा यसले विशेष मान र स्थान पाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताउँनुहुन्छ ।

उन्नत जात खेती प्रचलनमा आएपछि अब महोत्तरीसहितका आसपासका जिल्लामा यसले व्यवसायकै आकार लिइसकेको छ । महोत्तरीको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा, औरही र गौशाला तथा सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिका यो खेतीका उर्वर क्षेत्र मानिन्छन् । यी नगरक्षेत्रलाई कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले ओलको ‘पकेट क्षेत्र’ नै मान्दै आएको छ । यस क्षेत्रका किसानले ओल खेतीलाई महत्वका साथ नगद आर्जनको मुख्य स्रोत बनाउँदै आएका छन् ।

अहिले बारीमा लहलहाउनु पर्ने ओल खडेरीले सुक्दै गएपछि किसानले कैयौं साँचेका सपना मर्दैछन् । चाडपर्वमा जहान परिवारको मुख मिठ्याउने र नानीहरुका कैयौं रहर पूरा गर्ने आश र विश्वास ओलको बोटमै साँचेका किसानलाई अहिलेको यसको अवस्थाले पिरोल्दैछ । “ओलको बोट देख्दै मन विरक्तिन्छ, अब जहान परिवारको गुजरबसर र विशेष अवसरमा मीठो मसिनो खाने, राम्रो लाउने रहर के हेरेर साँच्नु रु” बर्दिबास–९ पशुपतिनगरकै किसान महेन्द्र कुशवाहा भन्नुहुन्छ, “सबैभन्दा दुख्याहा कर्म नै हामी किसानको रहेछ ।”

अन्य अन्नबालीभन्दा बढी उत्पादन दिने , खनेर बाली निकालेपछि लामो समयसम्म नबिग्रने, खनेर खेतबारीमै तल स्याउला ओछ्याएर थुपारेर राख्न मिल्ने र बजार भाउ राम्रो चलेको मौका पारेर बेच्न पाइने भएपछि धेरै किसानको रोजाइमा ओल खेती पर्दै आएको थियो । तर यसपालिको लामो खडेरीले बोट नै बढ्न नपाई ओइल्याउँदै, सुक्दै गएपछि यसले (ओल) पनि मन मारेको किसान बताउँछन् ।

पहिले स्थानीय जातको ओल बढीमा एक किलोसम्मको हुन्थ्यो । अनि उत्पादन लिन एक वर्ष कुर्नु पथ्र्यो । तर अब उन्नत जातको भने मौसमको साथ र सम्भारको समन्वय हुनसके चार महिनाभित्रै उत्पादन लिन थालिएको छ । एउटै ओल १० किलोसम्मको फल्ने गरेको कुशवाहा बताउनुहुन्छ । “हामीले १० किलोसम्मको ओल फलायौं, सातरआठ किलोका त बाक्लै निस्कन्थे” कुशवाहा भन्नुहुन्छ, “समयले साथ दिदा प्रतिकठ्ठा २० मन (आठ क्विन्टल) सम्म उत्पादन लिएका छौं ।” प्रतिकट्ठा रु. १० हजारभित्रको लागतमा खेती सकिने ओलबाट ५० हजारमाथि आम्दानी त हेलै (सजिलै) लिदै आइएको कुशवाहा बताउनुहुन्छ । यसपालि भने समय (मौसम) ले साथ नदिदा यो खेतीले धोखा खाइएको कुशवाहाको भनाइ छ ।

महोत्तरीको ओल पूर्व मेचीदेखि पश्चिम माहाकालीका बजारसम्म पुग्ने गरेको छ । पछिल्ला पाँच वर्षयता ओरपरका किसानको उत्पादन किनेर पूर्वको काँकरभिट्टा, विराटनगर, धरान, इटहरी र धनकुटासम्म पुर्‍याइएको भङ्गाहा–४ स्थित सीतामाई कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका ओल किसान सत्यनारायण यादव बताउनुहुन्छ । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र अत्तरीया, रुपन्देहीको बुटवल र चितवनको नारायणगढ बजारमा कैयौं पटक आफ्नो सहकारीले ओल पठाएको यादवको भनाइ छ ।

महोत्तरीको माटोमा फलेको ओलको स्वाद पारखीको रोजाइमा परेको हुँदा टाढाटाढाका ब्यापारीले राम्रो भाउ दिएर आफैं आएरसमेत लाने गरेका यादवले बताउनुभयो । यहाँको उत्पादन विभिन्न जिल्लाका सरकारी कृषि कार्यालय, बीउबिजन केन्द्र र सहकारीहरुले पेश्की रकम दिएर नै बीउका लागि मगाउने गरेका उहाँको भनाइ छ । अब यसपालि भने ओल राम्रो उत्पादन हुने छाँट नदेखिएको हुँदा मागअनुसार बजार पुर्‍याउन नसकिने यादव बताउनुहुन्छ ।

विषादी प्रयोग गर्न नपर्ने, आफैँले बनाएको कम्पोष्टबाहेक रासायनिक मल पनि नचाहिने, हल्का माटो भिज्ने सिँचाइ भए पुग्ने, अन्य लहरे तरकारी झै चोटिलो पानीले बोट तत्काल नगल्ने र रोपिएको चार महिनाभित्रै उत्पादन लिन सकिने हुँदा यो खेती आम किसानको रोजाइमा पर्ने गरेको हो । माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो । रोपिएको ठाउँमा पानी जम्न नदिएर दुई पटकसम्म गोडमेल गरे ओलको राम्रो उत्पादन हात लाग्ने गौशाला–१२ का किसान अरुण कुशवाहा बताउनुहुन्छ । सामान्य सिँचाइमै हुने ओलका लागि पनि यसपालि पानी नभएपछि अन्य बालीको समेत आश मरेको किसान बताउँछन् ।

जिल्लामा अहिले ३०० बिघामाथिको क्षेत्रफलमा ओल खेती रहेको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीको अभिलेखबाट देखिन्छ । खासमा गौशाला र भङ्गाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीकै आम्दानीबाट घरको सारा खर्च धान्दै आएका किसानलाई यो वर्षभने प्रतिकूल बनेको छ । “यो हाम्रो नगदको जोहोमात्र हैन, घर गुजाराको सबै थोक रहँदै आएको छ”, गौशालाको लक्ष्मीनियाँ बस्तीका किसान रामनरेश महतो भन्नुहुन्छ, “चामल, पिठो, मरमसला सबै कुरा ओल बेचेर लिन्थ्यौं, अब यसपालि के गरेर चलाउने होला?”

प्रत्येक वर्ष चैत/वैशाखमा रोपिने ओल भदौरअसोजभरिमा खनेर निकालिन्छ । किसानले सिँचाइसँगै प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाइदिन आआफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । सिँचाइ, माटो परीक्षण र उपचार, उन्नत जातको प्रमाणिक बीउ र समयसमयमा कृषि विज्ञरप्राविधिकको परामर्श सेवा पाउन सके यो खेतीले मन मार्नु पर्ने अवस्था नआउने किसानको विश्वास छ । रासस