६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हराउँदै रोपाइँको मौलिकता: अहिले सुनिँदैनन् असारे भाका

हराउँदै रोपाइँको मौलिकता: अहिले सुनिँदैनन् असारे भाका
अ+ अ-

गलेश्वर । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ । दर्के झरी र चर्को घामको प्रवाह नगरी जिल्लाका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् ।

किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका हुन् । हलो, जुवा र गोरुको ठाउँ मिनिटेलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छोडेका छन् ।

“पहिला पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमे भुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतका भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भन्नुभयो, “अहिले यी सबै कुराहरु हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ चलिरहेको छ तर न हजो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’

लोक गायिका हरिदेवी कोइरालाले गाउनुभएका गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छोडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरेका देखिन्छ । प्रर्याप्त वर्षा नभएकाले किसान रोपाइँमा व्यस्त हुन पाएका छैनन भने असारे गीत पनि सुनिदैनन् ।

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइमा दिनभर थाकेको बाउसे र रोपाहारहरु एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दु:ख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्ने पनि लठ्ठ पर्ने गर्दथे । ती दिनहरु अब इतिहास बनेका म्याग्दीकी लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।

“पहिला असारे गीत असार सुरु हुने वित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि सुनिएका छैनन्”, उहाँले भन्नुभयो, “मानो खाएर मुरी उब्जाउने भनिए पनि पहिलेजस्तो रोपाइँमा उल्लास आजकल पाइन छोडेको छ ।” आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउन छाडेकाले भाकासमेत लोप भएको उहाँको भनाइ थियो ।

नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन् । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्नी हुँदा उत्सवजस्तै मानिने भए पनि अहिले त्यो परम्परा हट्दै गएको र असारे रोपाइँको रौनक पनि घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।

पछिल्लो सयममा रोपाइँको समयमा गाइने असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताउनुभयो । “रोपाइँमा त सुनिन छाड्यो–छाड्यो, आजभोिल रेडियो, टिभीबाट समेत गीत सुनिँदैन”, उहाँले भन्नुभयो ।

पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेसन म्यानेजर राकेश शर्माले बताउनुभयो । दाइँको बेला गाइने गीत र संस्कारको संरक्षण हुन सक्यो भने यसले धान खेती र दाइँ गर्ने किसानको पनि हौसला बढ्ने उहाँको भनाइ छ ।

नेपाली लोक गीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइए पनि यस्ता गीतको संरक्षण र सम्वद्र्धन हुन नसकेको महतले बताउनुभयो । पुराना लोक भाका र परम्पराको संरक्षण हुन नसक्दा मौलिक संस्कृति लोप हुँदै गएका उहाँको भनाइ थियो । पुराना लोकसंस्कृति झल्काउने गीत तथा भाकाको संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ ।

‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’

यस्तै–यस्तै शब्दहरुमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसेके । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् ।”

धान रोप्दै गाइने असारे गीतमा दु:ख, पीडा, हँस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको शर्माले सुनाउनुभयो । अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

“कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।” उहाँले कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको बताउनुभयो ।

ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन भएको भन्दै कृषिसँग जोडिएका मौलिक परम्पराहरु संरक्षण गर्नुपर्ने बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा समाजको एकता र विविधता दुवै समेटिएको बेनीका लोक कलाकार प्रकाश श्रेष्ठले बताउनुभयो । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै गएको उहाँको भनाइ थियो ।

म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

‘लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान
हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान
असार मास कुटेका चिउरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’
रासस