२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेप्रति मन्त्री गुरुङको कटाक्ष: भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गर्नुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताउनु भयो । उहाँले एमाले सत्तामा जानका लागि भोकाइरहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताउनु भयो । उहाँले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका श्रद्धेय सभापतिज्युकै पहलमा बनेको मौजुदा सरकारले भ्रष्टाचारका ठूला काण्डहरुको निष्पक्ष छानबिन गरी मुलुकलाई शुसासन दिने काममा लागेको छ । हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछ, यो नै गठबन्धन सरकारको ध्येय हो । एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौँ । तब मत्रै विकास निर्माण हुनेछ । विकास निर्माणको कुरा गर्ने तर त्यो बीचमा भ्रष्टाचारले भ्वाङ पारिहाल्ने जुन प्रवृत्ति छ यसलाई रोक्न अहिलेको सरकार लागेको छ ।

विकासको लक्ष्य हाम्रो धेरै टाढा छ । हाम्रो काम सुशासन ल्याउनु हो । अहिले हामीले पदको माया र जनता भन्दा नेपाली जनताको माया र ममतामा ध्यान दिएका छौँ । अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, यो बजारमा हल्ला चलेको सुन्छु । श्रद्धेय पार्टी सभापतिको भरोसा यही गठबन्धनलाई अघि बढाउने कुरा छँदैछ । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढंगमा छौँ ।’

मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको बताउनु भयो ।