२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाकिस्तानलाई हरायो



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पारजित गरेको हो ।

नेपाललाई जित दिलाउन एकमात्र निर्णायक गोल आशिष चौधरीले गरे । उनले ७९ औं मिनेटमा गोल गरेका हुन् । लाकेन लिम्बुले वान टचमा उपलब्ध गराएको बललाई आशिषले डी–बक्सबाहिरबाट वान टचमै गोल गरे । आशिषको नेपालका लागि यो पहिलो गोल हो ।

६१ औं मिनेटमा मनिष डाँगीले गोल गर्ने सुनौलो अवसर गुमाए । नवयुग श्रेष्ठले दिएको पासलाई उनले अघि बढाउँदै गोल गर्न लाग्दा उनको प्रहारलाई पाकिस्तानका गोलरक्षक युसुफ बटले विफल पारे । उनले एक दिशा च्यापेर प्रहार गरेको खण्डमा गोल हुन सक्ने सम्भावना थियो ।

६७ औं मिनेटमा नेपाल अभागि सावित भयो । देवेन्द्र तामाङले फ्रिकिकबाट प्रहार गरेको बल पाकिस्तानको गोलपोस्टको बारमा लाग्न पुगेको थियो ।

७२ औं मिनेटमा नेपालले पुनः फ्रिकिकबाट नै गोल गर्न खोज्दा पोस्टबार नै तघारो बन्यो । नेपालका एरिक बिस्टले लङ रेन्जबाट प्रहार गरेको बल दाहिने पोस्टबारमा ठोक्किएर बाहिरिन पुग्यो ।

जितसँगै नेपालले अन्तिम खेलमा ३ अंक जोडेको हो । यद्यपि, नेपाल र पाकिस्तान दुबै टोली नकआउट चरणबाट बाहिरिसकेका छन् ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो । नेपालसँग पराजित भएसँगै पाकिस्तान जारी साफ च्याम्पियनसिपमा जितविहिन रह्यो ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।