२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङलाई बालेनको साथ, भने- सुखमा सबै होलान, दुःखमा हामी छौँ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार रहेको बताउनुभएको छ ।

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गर्नुभएको थियो ।

‘पसिनाको भेल बगाएर अनेक दुस्ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू’,  साम्पाङले लेख्नुभएको छ ।

सोही पोस्टमा प्रतिक्रिया जनाउँदै बालेन आफू दुःखमा साथ दिने बताउनुभएको छ ।

‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर , केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुस्खमा हामी छौँ, म छु, सधैँ हुनेछौँ’,  प्रमुख शाहले लेख्नुभएको छ ।