२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल समूह चरणबाटै बाहिरिएको छ । बैंगलोस्थित श्री कान्तीरवा मैदानमा भर्खरै सम्पन्न खेलमा भारतसँग २–० गोलले पराजित भएसँगै नेपालको उपाधि यात्रा समाप्त भएको हो ।

भारतलाई जित दिलाउन खेलको ६१ औं मिनेटमा सुनिल क्षेत्रीले तथा ७० औं मिनेटमा महेश सिहंले गोल गरे । सुनिलले महेश सिंहले क्रस गरेको बललाई ट्याप गर्दै गोल गरे । उनको यो भारतको लागि ९१ औं गोल हो ।

यस्तै, सुनिलले डी–बक्स भित्र नेपाली डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल नेपालका गोलरक्षक किरण चेम्जोङले बचाउ गर्दा क्रसबारमा लागेर फर्किएको थियो । उक्त बललाई महेशले हेडरमार्फत गोल गरेका हुन् ।

पहिलो हाफमा भारतलाई शून्य गोलमा रोकेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुगेको हो । जितसँगै भारत भने नकआउट चरणमा प्रवेश गरेको छ ।

नेपालले अब अन्तिम खेल २७ जुनमा पाकिस्तानसँग खेल्नेछ । नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् ।

 




भर्खरै