२३ असार २०८३, मंगलवार
,
Latest
बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई फ्रान्स सरकारद्वारा स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न फ्रान्स सरकारले ७ टन बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । नेपाल सरकारले गरेको सहायताको अपिल अनुसार फ्रान्सको सरकारले मास्क, एन्टिजेन किट, रेस्पिेटर र भाइजरहरु सहयोग गरेको हो ।

स्वास्थ्य सामग्रीसहित एयरबस ए३५० विमान आज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसमा ५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट किट, १२ हजार प्रोटेक्सन ग्लास, १४ वटा रेस्पिेटरहरु रहेका छन् ।

स्वास्थ्य सामग्रीसहित एयरबस ए३५० विमान आज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसमा ५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट किट, १२ हजार प्रोटेक्सन ग्लास, १४ वटा रेस्पिेटरहरु रहेका छन् । #Nepal #HealthEquipments #HealthCare #Kits #AntigenTestKit #Respirators #France #FightAgainstCovid19

फ्रान्सका राजदूत फ्रांकोइस ह्याभिर लेगरले एक समारोहबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै लेगरले कोरोना महामारीविरुद्ध नेपालको लडाइँमा फ्रान्स सधैँ साथमा रहेको बताउनुभयो । यो महामारीविरुद्ध वैश्विकै सहकार्य आवश्यक रहेको बताउँदै फ्रान्सहित युरोपियन युनियनका अन्य सदस्य राष्ट्रहरु नेपाल र नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।