२३ असार २०८३, मंगलवार
,
Latest
बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सिनोभ्याक खोपले पायो डब्ल्युएचओबाट अनुमति



अ+ अ-

एजेन्सी । कोरोना भाइरसविरुद्ध लड्नका लागि चीनमा बनेको सिनोभ्याक कोभिड खोपलाई  विश्व स्वास्थ संगठनले आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । 

यस खोप लगाएका ५१ प्रतिशतमा लक्षण देखिएको रोगको रोकथाम भएको डब्लुएचओले जनाएको छ । त्यस्तै, खोप लगाएकाहरुको शतप्रतिशत नमूनामा कडा खाले लक्षण र अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिएएको पनि उसले उल्लेख गरेको छ ।

डब्ल्युएचओबाट स्वीकृति पाउने यो दोस्रो चिनियाँ खोप हो । यसअघि सिनोफार्मले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । अनुमतिसँगै कोभ्याक्स कार्यक्रम अन्तर्गत यो खोप प्रयोग गर्नका लागि ढोका खुलेको छ । यस कार्यक्रमले खोपको निष्पक्ष वितरण गर्ने लक्ष्य राखेको छ ।

धेरै देशमा अहिले प्रयोग भइरहेको  सिनेभ्याक १८ वर्षमाथिका व्यक्तिहरुका लागि प्रयोग गर्न सिफारिस गरिएको छ । पहिलो डोज लगाएको दुई वा चार सातापछि यस खोपको दोस्रो डोज लगाइन्छ ।

चीनले कोभ्याक्स परियोजनाका लागि १ करोड डोज कोभिड खोप अहिल्यै उत्पादन गरिसकेको जनाएको छ । यस वर्षको अन्त्यसम्म ३ अर्ब डोज उत्पादन गर्ने लक्ष्य चीनको रहेको छ ।