२३ असार २०८३, मंगलवार
,
Latest
बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुरबाट कोरोना परीक्षण, सुँघेरै संक्रमण पत्ता लगाउन सक्ने



अ+ अ-

एजेन्सी । के तपाई विश्वास गर्न सक्नुहुन्छ कुकुरले सुँघेर कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन सक्छ भनेर ? कुकुरमा सुँघ्ने क्षमता मानिसमा भन्दा केयौं बढी हुने कुरा हामी सुन्दै आएका थियौं । 

यस्तै एक खास नश्लको कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने अध्ययनले पत्ता लगाएको छ ।

ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको तथ्यांकले बताएको छ । 

विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी पत्रिका  'द न्यूयोर्क टाइम्स' ले जनाएको छ।

यसलाई प्रभावकारी मान्दै अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ । 

यसले सार्वजनिक यातायात, रंगशाला लगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने उक्त खबरमा उल्लेख गरिएको छ । 

थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले ६ वटा कुकुरबाट कोरोना परीक्षण गराएकोमा त्यसको नतिजा विमानस्थल तथा अन्य सार्वजनिक ठाउँमा गरिँदै आएको एन्टिजेन परीक्षणभन्दा राम्रो रहेको बताइएको छ । 

बैंककमा कोरोना परीक्षण गर्नका लागि नासा, बबी, ब्राभो, एन्जेल, एपोलो, टाइगर नामका छ वटा ल्याब्रडोर कुकुरलाई तालिम दिइँदैछ । यी छवटै कुकुरले एउटै समूहमा रहेर काम गर्दैछन्।

संक्रमित व्यक्तिको काखी वा उसले लगाएको मोजाको पसिनाले थोरै कपास भिजाइन्छ । त्यसपछि त्यो कपास डल्लो पारेर कुकुरलाई सुँघाइन्छ । कोरोना लागेका व्यक्तिको जीउको विशेष गन्ध कुकुरले चाल पाउँछ । त्यही गन्ध पछ्याउँदै अरू संक्रमित पत्ता लगाउन सक्छ। 

ती कुकुरहरूले गरेको परीक्षण ९६.२ प्रतिशत मिलेको अनुसन्धानमा जिकिर गरिएको छ । 

यस्तै कुकुरको प्रयोग अन्य विधिभन्दा सजिलो, सस्तो र प्रभावकारी भएको अनुसन्धाताको भनाई छ । भाइरस छिर्नेबित्तिकै फोक्सो र श्वासनलीमा असर पुग्ने र यस्तो बेला एउटा विशेष खालको गन्ध निस्किने हुनाले उक्त गन्ध तालिमप्राप्त कुकुरले पत्ता लगाउन सक्ने उनीहरुले उल्लेख गरेका छन् ।