३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जरीन खानले खुलासा गरिन् आफू कसरी कास्टिङ काउचको शिकार भइन्



अ+ अ-

एजेन्सी । अभिनेत्री जरीन खान बलिउडमा स्थापित भइसकेको अभिनेत्री हुन् । आफ्नो फिटनेसलाई लिएर चर्चामा आइरहने उनी खुलेर आफ्ना धारणा व्यक्त गर्छिन् ।

एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो कास्टिङ काउचको अनुभव सुनाएकी छन् । फिल्मको एक दृश्यको रिहर्सलको बहानामा आफूलाई चुम्बन गर्न खोजिएको उनको आरोप छ । 

जरीन बताउँछिन्, म ती व्यक्तिको नाम लिन चाहन्न, तर एक सीनको रिहर्सलको बहानामा, दोस्रो व्यक्तिले बताए कि तपाईले आफ्नो हिच्किचाहट हटाउनुपर्छ । म त्यस समय नयाँ थिएँ, त्यसकारण मलाई ठिकै लाग्यो । उसले भन्यो, के तपाईलाई थाहा छैन हामी एक चुम्बनको दृश्य लिदैछौ ? मैले भनेँ, नाई म रिहर्सलको रुपमा कुनै पनि चुम्बनको दृश्य गर्दिनँ । जरीनले सन् २०१० मा फिल्म वीरबाट आफ्नो करिअरको सुरुवात गरेकी थिइन् ।