तम्घास । कोरोना भाइरसको संक्रमणबाट गुल्मीमा उपप्राध्यापकको निधन भएको छ।
मृत्यु हुनेमा जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा रेसुंगा नगरपालिका वडा नम्बर १ का ५४ वर्षीय कुन्जरमणि गौतम रहनुभएको छ ।
उहाँको चितवन मेडिकल कलेजमा उपचार क्रममा गएराति मृत्यु भएको हो ।
गत वैशाख २१ गते संक्रमण पुष्टि भएको उहाँ २७ गते गुल्मी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा थप समस्या आएपछि ३० गते हेलिकोप्टरमार्फत चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।











