२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन गर्न दुई विकल्प प्रस्ताव गर्दै कांग्रेस संस्थापन इतर पक्ष



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १४औं महाधिवेशन कसरी गर्ने भन्ने विषयमा विकल्प खोज्न थालेको छ ।

पार्टीभित्र संस्थापन इतर मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कोरोना महामारीका कारण महाधिवेशन नै नहुने अवस्था आएपछि विकल्पबारे छलफल थालेको हो ।

नेता पौडेलले अब पनि तोकिएको समयमा महाधिवेशन गर्न नसकिए पार्टी वैधानिक र संवैधानिक रुपमा नै संकटमा पर्ने पारेका छन् । 

१४औं महाधिवेशनका लागि हालसम्म वितरित क्रियाशिल सदस्य मध्येबाट महाधिवेशन गर्न सकिने एउटा विकल्प र अर्को १३औं महाधिवेशनमा प्रतिनिधि रहेकाहरुबाट नै तत्कालका लागि केन्द्रीय समिति निर्वाचित गर्न सकिने संस्थापन इतर पक्षको निष्कर्ष छ । 

नेताहरु हाल जारी भर्चुअल बैठकमा यही विषयमा केन्द्रीत भएर छलफल गर्दैछन् । 

नेपालको संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न गर्न सक्ने व्यवस्था छ । 

कांग्रेसले भने संविधानले दिएको उक्त सुविधा प्रयोग गरिसकेको छ । सोही व्यवस्था अनुसार कांग्रेसको वर्तमान कार्यसमितिको म्याद भदौसम्म रहेको छ । 
 




भर्खरै