२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-खनाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को माधव कुमार नेपाल-झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कोरोना महामारीका कारण बैठक अहिले भर्चुअल रुपमा बसिरहेको हो । 

एमालेको मूल नेतृत्वले भने नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको थियो ।

यस्तै आजै प्रधानमन्त्री केपि ओलीले बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी अध्यक्ष समेत रहेका ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् । 

उक्त बैठक हिजो बस्ने तय भए पनि एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका लागि बैठक सारिएको ओलीपक्षीय नेताहरु बताउँछन् ।
 




भर्खरै