६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीको हत्या गरी फरार अभियुक्त पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-
रुपन्देही । रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए । अभियुक्त ज्ञानबहादुर मृतक सुमनको घरमा बस्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार मङ्गलबार साँझ करिब ७ बजेको समयमा उनीहरुबीच आपसी विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि उनी फरार भएका थिए ।
तिलोत्तमा नगरपालिका वडा नं.१६ पुर्व बहियामा मङ्गलबार साँझ देवनाथ कँवरको जस्ताले छाएको पक्की खाली घरमा एक जना पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले ज्ञानबहादुरलाई रुपन्देही तिलोत्तमा नगरपालिका–११ रामनगरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार प्रक्राउ गरेको हो । प्रहरीले अभियुक्तका विरुद्ध कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले मृतक र अभियुक्त दुवै जना सँगै बस्ने र लागुऔषध सेवन गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिएको छ । रासस