काठमाडौं । बेलायतले नेपालमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्न्टले यूरोपमा फैलने जोखिम रहेको समाचारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो कुनै भेरियन्ट हालसम्म नदेखिएको प्रष्ट पार्नु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले अहिलेसम्म नेपाल भेरियन्ट भनी पुष्टि नभएको र यसबारे विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत आधिकारीक धारणा सार्वजनिक नगरेको अवस्थामा यस्तो समाचारको पछाडि नलाग्न आग्रह गर्नुभएको छ।
उहाँले अहिलेसम्म नेपालमा डेल्टा र अल्फा भेरियन्ट मात्र देखिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, डब्ल्यूएचओले भेरियन्टको नामाकरण गरेपछि युके भारतमा देखिएको भेरियन्टलाई डेल्टा र अल्फा भनिएको हो ।











