३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।

यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो । उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ ।

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो । लक्षित समूहमा पर्ने वा शङ्कामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

कोरोनाको शङ्का भएका जो–कोहीले महानगरका ३२ वडामध्ये कुन वडामा जानकारी गराउन सहज हुन्छ, सोही वडामा जानकारी गराउनु पर्नेछ । जानकारीअनुरुप परीक्षण टोलीले नजिकको परीक्षण केन्द्रबाट जाँच गर्ने व्यवस्था गरिएको छ ।

यसअघि यही जेठ १४ देखि १८ गतेसम्म विशेष अभियान नै सञ्चालन गरेर  ५० हजारको परीक्षण गर्ने लक्ष्य लिइएको महानगरपालिकामा पाँच हजार ७६० जनाले मात्र परीक्षण गरेका थिए । त्यसमा ४७९ को रिपोर्ट पोजेटिभ आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । ठूलो समूहमा परीक्षण गर्ने भने पनि सोही समयमा बन्दाबन्दी कडा बनाइएकाले सोचेअनुरुप परीक्षण हुन नसकेको विभागको भनाइ छ । यसका लागि महानगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सहकार्य गरेको थियो ।