३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन घट्यो सक्रमितको संख्या ? ( भिडियो सहित )



अ+ अ-

काडमाडौं । गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पिसिआर परिक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ । यो परिक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो । 

यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ । यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ । यसै विषयलाई न्यूज एजेन्सी नेपालले स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेललाई पिसिआर परिक्षण किन घटेको भनि सोधेका छौँ । 

डा. पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परिक्षण केन्द्र सम्म जान नसकेको मुख्य कारण हुनसक्ने बताउनुभयो । सरकारले पिसिआर परिक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परिक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताउनुभयो ।