२६ फाल्गुन २०८१, सोमबार
March 10, 2025 Monday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.73

Wind: 1.54

Humidity: 49

Latest
भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छः राष्ट्रपति पौडेल पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा… कति छ आज सुनचाँदीको मूल्य ? महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छः प्रधानन्यायाधीश राउत महिला न्यायाधीश भएर मात्रै हुँदैन, शाहस र क्षमता हुनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैनः न्यायाधीश मल्ल महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक ट्र्याक्टर दुर्घटनामा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्षा गरियो – राजकिशोर यादव



अ+ अ-

काठमाडौँ । सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित रुपमा नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,“ बजेटले महिला र मधेसलाई विभेद तथा उपेक्षा गरेको छ । मन्त्री र प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हो ? मधेशलाई किन उपेक्षा र विभेद गरिएको हो ?”

छलफलमा भाग लिँदै सांसद भानुभक्त जोशीले बजेटको विनियोजन आवश्यकता आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन गरिएकाले सच्चाउनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार वन तथा वातावरण मन्त्रालयका लागि बजेट विनियोजन नभएको बताउनुभयो ।

“ बझाङ जिल्लाको विभिन्न स्थानमा पहिरो नियन्त्रण र वृक्षरोपणका तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि मन्त्रालय र विभागमा निवेदन दिएको थिए । तर दुई वटा सिँचाइ कुलो, सुविद्यासम्पन्न शौचालय र प्रतिक्षालयमा केही रकम विनियोजन गरिएको रहेछ”, उहाँले भन्नुभयो, “कस्को सुझावमा आउछ बजेट रु यस्तो बजेटलाई कसरी समर्थन गर्ने ?”