३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफुमाथी गरिएको कारबाही इतिहासकै अनौठो मजाक : कृष्ण थापा



अ+ अ-

पोखरा । जनमोर्चाका नेता तथा गण्डकी प्रदेशसभाको सांसद कृष्ण थापाले आफुमाथी गरिएको कारबाही इतिहासकै अनौठो मजाक भएको प्रतिक्रिया दिएका छन्। बिहिवार सांसद पद खारेजी पछि सामाजिक सञ्जालमा प्रतिक्रिय दिँदै थापाले आफूविरुद्धको कदमलाई इतिहासकै अनौठो मजाक भनेका हुन्।

उनले जीवनमा धेरै हार देखेको भन्दै यसपटक पाँच दलको आक्रमणको कारण हार भए पनि फरक नपर्ने बताएका छन्। कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा आफूविरुद्धको कदमलाई इतिहासकै अनौठो मजाक भनेका हुन्। 

गण्डकी प्रदेश संसदीय दलले उनको सांसद पद खारेज गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो। आज बसेको प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनको सांसद पद खारेज भएको हो।