३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित भएको कति दिनपछि होम आइसोलसन ब्रेक गर्ने ? थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । कोभिड-१९ (Covid-19) संक्रमितको पिसिआर (PCR) पोजेटिभ भएर कुनै लक्षण नै नभएका बिरामीहरुले वा माइल्ड कोभिड भएको बिरामीहरुले १० दिनपछि होम आइसोलेसन ब्रेक गर्न मिल्ने डा. अग्रज उप्रेतीले बताउनुभयो । माइल्ड कोभिड (Mild Covid) भएको व्यक्तिलाई ज्वरो नआएको कम्तीमा पनि २४-४८ घण्टा भएपछि मात्र पनि आइसोलेसन ब्रेक गर्न मिल्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "यदि कसैलाई माइल्ड कोभिड डिजिज, सामान्य रुघाखोकी वा हल्का ज्वरो अथवा कुनै पनि लक्षण छैन तर पिसिआर टेस्टमा पोजेटिभ आयोभने १०-१४ दिनपछि रिपिट पिसिआर टेस्ट गर्दा पोजेटिभ आउन सक्छ तर ती भाइरसहरु मृत भइसकेको हुन्छ जुन केबल निस्किृय भाइरस मात्र हुन् । त्यस किसिमका भाइरसले अरुमा संक्रमण सार्न नसक्ने भएकाले डराउन पर्दैन ।"

साथै यदि शरिरमा माइल्ड कोभिड मात्र छ तर कुनै सिम्टम्स् (symptoms) छैन भने रिपिट टेस्ट (repeat test) गर्दा पोजेटिभ देखाएमा आत्तिन नपर्ने अबस्था रहेको भन्ने बझ्न पर्छ- उहाँले भन्नुभयो । शरिरको प्रतिरोधात्मक क्षमताले एक हप्तासम्ममा कोभिडको भाइरसलाई नस्ट गरिसकेको हुनाले कभिडको मृत भाइरसका कारण रिर्पोट पोजेटिभ आएको हुन्छ । त्यसकारण दोस्रो रिर्पोटमा पोजेटिभ आएको कारण फेरी आइसोलेसनमा गएर बस्नु नपर्ने डा. उप्रेतीले प्रष्ट्याउनु भयो । 

रिपिट पिसिआर गरेका कारणले पिसिआर किट पनि छिटो सकिने र संक्रमितलाई अभाव हुनसक्ने हुनाले रिपिट पिसिआर गर्न जरुरी नभएको उहाँले सल्लाह दिनुभयो । केही विषेश विरामीलाई डाक्टरले पहिलो टेस्टमा नै दोस्रो टेस्टका लागि समय तोकिदिने पनि उहाँले प्रष्ट पारी दिनुभयो । सुन्नुहोस् : डा. अग्रज उप्रेती