९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक: सभामुख घिमिरे(भिडीयोसहित)

संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक: सभामुख घिमिरे(भिडीयोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताउनु भयो ।

सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भुमिका निर्वाह हुनुपर्ने बताउनु भयो । उहाँले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताउनु भयो । उहाँले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको राजनीति जस्तो हुन्छ, मुलत: शिक्षाको अवस्था पनि त्यस्तै हुँदै जान्छ । शिक्षाले देश विकास गर्नसक्छ । विदेशबाट पनि ज्ञान आर्जन गर्नका लागि नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ । नेपालको शिक्षाले विदेशी विद्यार्थीहरुलाई तान्न सक्छ । यसबाट नै हामीले प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ । तर त्यसअनुसार आज अघि बढ्न सकिरहेका छैनौँ । पढेलेखेका विद्यार्थीहरु देशमा राम्रोसँग अघि बढ्न सकेका छैनन्, एसईई दिइसकेपछि विदेशका लागि प्रयास गर्ने क्रम बढीरहेको छ ।

यस खालका मेलाले शिक्षाको आवश्यकता बुझाउन सकेको छ । स्वदेशमा कसरी व्यवहारिक ढंगबाट प्राविधिक शिक्षाहरु अध्ययन गर्न सकिन्छ भन्नेकुरा यस मेलाले बुझाउँछ । नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन् । परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोशिष गरेका छन् । तर सफल हुन सकेका छैनन् । यी ऐन ल्याउन चुनौति जस्तो देखिएको छ । ऐन ल्याउन अहिले संसद चलिरहेको छ, छिटो ढंगबाट आउन सकोस् ।’

बिहीवारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला शुरु भएको हो । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आईतवारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा नि:शुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।