काठमाडौ । काठमाडौ । अमेरिकी सरकारले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराउने भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले व्हाईट हाउसमा आयोजित पत्रकार सम्मेलन मार्फत नेपाल , भारत , फिलिफिन्स लगायत मुलुकहरुलाई खोप उपलब्ध गराउने घोेषणा गर्नुभएको हो ।
जुनको अन्त्यसम्ममा उपलब्ध गराउने अनुमान गरिएपछि कहिले सम्म र कति मात्र भन्ने पुरा बिबरण भने सार्बजनिक गरिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ८० मिलियन डोज कोरोनाबिरुद्ध भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
नेपाल स्थित अमेरिकी दुताबसको फेसबुक फेजमा जनाईअनुसार कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्(१९ भ्याक्सीन प्राप्त गर्नेछन्।











