२४ मंसिर २०८२, बुधबार
,
Latest
युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द कपिल शर्मा शो’का जुनियर ‘नाना पाटेकर’ले लाइभ आउँदै विष सेवन गरेपछि…



अ+ अ-

एजेन्सी । भारतीय हास्य कलाकार तीर्थानन्द रावले लाइभ क्यामेराको अगाडि आत्महत्या गर्ने प्रयास गरेका छन् । तीर्थानन्द राव ‘द कपिल शर्मा शो’मा नाना पाटेकरको भूमिका निभाउनका लागि चर्चित छन् ।

फेसबुकमा लाइभ आएर उनले फिनाईल भरिएको गिलास पिए । यसअघि करिब १० मिनेटसम्म उनले आत्महत्याजस्तो कदम चाल्न बाध्य भएको भन्दै अन्त्यमा के भयो बताए ।

तीर्थानन्द रावले आफू एक महिलासँग लिभ इनमा बस्ने गरेको बताए । उनका अनुसार ती महिलाका कारण उनको तीनदेखि चार लाख रुपैयाँ ऋण पनि छ । ती महिलाले उनलाई कुटपिट गर्ने र मानसिक शोषण गर्ने गरेको उनले बताए ।

यति भनेपछि तीर्थानन्द रावले फिनाईलको डिब्बा खोलेर आफ्नो अगाडि राखिएको गिलासमा खन्याएर पुरै पिए । रिपोर्टका अनुसार उनका केही साथीहरूले तुरुन्तै पुलिसलाई बोलाए र उनलाई अस्पताल लगे ।

तीर्थानन्द रावले लाइभमा भने – ‘म एउटी महिला परवीन बानोसँग लिभ–इनमा बस्छु । उनका श्रीमानको सन् २०१३ मा मृत्यु भएको थियो । उनका दुई छोरी पनि छन् । ती महिलाले मलाई मानसिक रूपमा सताइरहेकी छन् । मैले उनलाई ९० हजारको फोन दिएँ । उसको लागि सबै गरेँ र उसले मेरो विरुद्ध पुलिसमा उजुरी गरिन् । उनले प्रहरीको अगाडि गएर मैले आफूमाथि कुटपिट गरेको बताइन् । प्रहरीले मेरो विरुद्धमा उजुरी पनि दर्ता गरेको छ । त्यसपछि उनले यो गुनासो फिर्ता लिन्छु भनेर भन्न थालिन्, तर फिर्ता लिन त टाढा, अहिले मसँग झगडा गरिरहेकी छिन् । उनीसँगै उनकी छोरीले पनि मार्ने धम्की दिइरहेका छन् ।’