३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमोर्चाका पूर्व सांसद थापाले फिर्ता गरे गाडी



अ+ अ-

पोखरा । राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले आफ्नो गाडी फिर्ता गरेका छन् । सांसद पदबाट निस्कासित भएपछि उनले प्रदेश मामिला समिति सभापतिलाई दिदै आएको गाडि शुक्रबार फिर्ता गरेका हुन् । 

उनले प्रदेश सभा सचिवालयमा पुगेर गाडी बुझाएका छन् । ‘हिजै फिर्ता गर्छु भनेको थिएँ, तर मिलेन, आज फिर्ता गरिदिएको छु,’ उनले भने ।

पार्टी निर्णय विपरीत गएको भन्दै महासचिव मनोज भट्टले संसद सचिवालयलाई पत्र उनको पद खारेजको लागी पत्र पठाएका थिए । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ । 

उनलाई पार्टी विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै केन्द्रीय कमिटिबाट हटाएर, संसदीय दलको नेताबाट पनि बर्खास्त गरिएको छ ।

गण्डकी प्रदेश सभामा सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अहिले आफैं विभाजित भएको थियो। सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएका थिए भने २ सांसद विरुद्धमा । तर सांसद थापाले भने यसअघि नै आफू अदालत जान सक्ने संकेत गरिसकेको छन् ।