२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो



अ+ अ-

हनोई । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । 

भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गर्नु भएको थियो । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । 

गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन् । 

सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो । 

यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।