३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटिएनन् पन्ध्र दिनदेखि हराएका बालक



अ+ अ-

राजविराज । विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् ।

हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन् । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गर्दा  रिसाएर उनी घरबाट निस्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गतेका दिन रवि घरबाट बाहिर निस्किएका भए पनि अहिलेसम्म घर नपुगेको जनाइएको छ । हराएको १५ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुबा जयनारायणले खोजीका लागि इलाका प्रहरी कार्यालाय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयमा लिखित जानकारी दिँदासमेत हालसम्म ती बालक खोजी गर्न नसकिएको बेपत्ता रविका मामा नवीन यादवले बताउनुभयो ।