७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु प्रधानन्यायाधीश कार्की साउनमा अवकाश हुँदै



अ+ अ-
काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहनुभएका कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० गते अनिवार्य अवकाशमा जानुहुने न्याय परिषदले जानकारी गराएको छ ।
न्याय परिषदले पठाएको पत्रमा कार्की उमेर हदका कारण २०८० साउन १९ मा ६५ वर्ष पूरा हुने भएपछि साउन २० गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ ।
संवैधानिक परिषदले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै नियुक्तिको प्रक्रिया सुरु भएको छ । अवकाश हुनुभन्दा एक महिना अघिदेखि नै प्रधानन्यायाधीश इजलासमा बस्न नपाउने व्यवस्था छ । यस्तो अवस्थामा प्रधानन्यायाधीशमा नियुक्त भए पनि काम गर्न नपाउने देखिएको छ ।