२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुहारीको हत्या गरेको अभियोगमा सासु, ससुरा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

धनगढीः  आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली  र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका-३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको थियो । साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।