२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूँजीगत खर्च बढाउछु भनेर घटाउने यो बजेटको चरित्र के हो ?– विष्णु पौडेल



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्वले बढि हुनु सरकार आफैंले गरेको घोषणा विपरित रहेको बताउनु भयो । उहाँले सरकारले खर्च कटौति गर्ने भनेर बजेटमा नै ढाँटेको बताउनु भयो ।

त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्व ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औंल्याउनु भयो । उहाँले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्विकार गरिएकाले त्यो असंगत रहेको दावी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्व ४४ अर्व छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्व ४१ अर्व प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्वले बढि छ । यसरी चालू खर्च घटाउने दावीलाई बजेट स्वयमले खण्डन गरेको छ सभामुख महोदय । भन्दा चालू खर्च घटाउने भन्ने र गर्दाखेरीमा चालू खर्च बढाएर बजेट प्रस्तुत भएको छ ।’

‘त्यसैगरी चालू आर्थिक वर्षका लागि पूँजीगत खर्च ३ खर्व ८० अर्व ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्व २ अर्व ७ करोड विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्व ३१ करोडले कम छ सभामुख महोदय । यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ सभामुख महोदय । बजेटमा जे बोलिएको छ । र, बजेट जसरी प्रस्तुत भएको छ । यो असंगत छ सभामुख महोदय ।’

उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकीर समेत गर्नु भयो ।