३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्छन : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने जनाएको छ । मन्त्रालय शुक्रबार एक विज्ञाप्ती जारि गर्दै तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो ।

महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

‘प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ । दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।