२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सत्या’ अघि अभिनय छोड्न चाहन्थे मनोज बाजपेयी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता मनोज बाजपेयीले हिन्दी सिनेमामा आफ्नो फरक–फरक पात्रले दर्शकलाई मनोरञ्जन दिँदै आएका छन् । हालै उनको फिल्म ‘सिर्फ एक बन्दा काफी है’ ले निकै सकारात्मक प्रतिक्रिया पाएको छ ।

अभिनेताका अनुसार फिल्म निर्माण गर्दा उनको टिमको नियत सहि थियो र जसका कारण पनि मानिसहरुले फिल्म मन पराए ।

“जाहिर छ, हामी जहिले पनि कुनै प्रोजेक्ट सुरु गर्छौं, त्यो हिट मात्र होइन सुपरहिट होस् भन्ने अपेक्षा हुन्छ । निर्देशक जतिसुकै ठूलो किन नहोस्, जब उसले कुनै प्रोजेक्ट सुरु गर्छ, उसलाई थाहा हुन्छ कि त्यो राम्रो स्क्रिप्ट हो जसमा उनी र उनको टोलीलाई पूरा विश्वास रहन्छ, त्यसैले उनीहरू यसलाई अगाडि बढाउँछन् । हाम्रो फिल्म यति धेरै सफल हुन्छ भन्ने हामीलाई थाहा थिएन । हाम्रो फिल्मले माया पाएको मलाई थाहा थिएन ।” उनी बताउँछन् ।

“अभिनय छाड्ने सोच एकपटक मात्रै भयो र त्यो पनि फिल्म ‘सत्या’ अघि । त्यतिबेला मैले काम पाइनँ र तपाईले लगातार जे गरिरहनु भएको छ त्यो पनि फ्लप भयो, त्यसबेला लाग्थ्यो १० वर्ष नाटक गरेँ, मेरो कामको तारिफ गर्नेहरु झुट बोल्छन् ? आफ्नै प्रतिभामाथि शंका गर्न थालें । सोच्थे म यती राम्रो छु भने किन काम पाइनँ, के कमी छु । त्यतिबेला भगवानले महेश भट्टलाई मकहाँ पठाउनुभयो । उहाँले ‘स्वाभिमान’ मा मेरो काम हेर्नुभो, त्यसमा मेरा दुईवटा दृश्य हेरियो र मलाई भेट्न सन्देश पठाउनुभयो । राति १०ः३० मा उहाँलाई भेट्न गएँ र त्यहाँबाट मेरो यात्रा सुरु भयो ।” उनले अनुभव सुनाउँदै भने ।