५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाखमा रु २६ अर्ब क्यूआरबाटै भुक्तानी



अ+ अ-

काठमाडौँ । वैशाख महिनामा क्यूआर कोडमार्फत् रु २६ अर्ब ५१ लाख भुक्तानी भएको छ । केही समय अघिसम्म अधिकांश कारोबार नगदमा हुने गरेपछि पछिल्लो समय विद्युतीय भुक्तानीमार्फत हुने कारोबार बढेसँगै क्यूआर कोडमार्फत् हुने भुक्तानी रकम पनि बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार कुनै एक महिनामा रु २६ अर्बभन्दा बढी रकम क्यूआर कोड स्क्यानमार्फत भएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा धेरै गत चैतमा रु २२ अर्ब ८९ करोड भुक्तानी भएको थियो ।

कोरोना महामारीको समयमा लागू भएको लकडाउनका कारण बैंक तथा वित्तीय क्षेत्र बन्द हुँदा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिएको थियो । नेपाल राष्ट्र बैंकले तरकारी बजारसम्म पुगेर क्यूआर कोडमार्फतको भुक्तानीलाई प्रोत्साहन गरेको थियो । तरकारी बजार, पान पसल, किराना पसल, रेष्टुराँदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मलसम्म क्यूआर कोडको प्रवर्द्धन गरेको थियो ।

राष्ट्र बैंकका अनुसार न् २०२२ को जुन जुलाईमा रु ३ अर्ब ६५ करोड भुक्तानी भएकोमा सो रकम हाल बढेर २६ अर्बभन्दा बढी पुगेको हो ।

वैशाखमा इकर्मको कारोबार रु ५२ करोड १० लाख, वालेटमार्फत रु १९ अर्ब २५ करोड ५० लाख, मोबाइल बैंकिङमार्फत रु २ खर्ब १० अर्ब, कनेक्ट आइपीएसमार्फत रु ३ खर्ब ५९ अर्बको कारोबार भएको छ ।
राष्ट्र बैंकले विद्युतीय भुक्तानीको साक्षरता बढाउनका लागि बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गतको अनिवार्य गरेको छ ।