२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर गौतम भन्छन् : मिडियाबाजीमा जानु राम्रो होइन



अ+ अ-

काठमाडौं । नेपाल सरकारले कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । 

यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ । अध्यादेशमा भए अनुसार अस्पताल सञ्चालनको लागि एक प्रमुख प्रशासकीय अधिकारी नियुक्त गर्ने व्यवस्था छ । साथै सरकारले प्रोफेसर डा. जागेश्वर गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको छ । युनिफाइड अस्पताल स्वास्थ्य मन्त्रालय आफैले सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । डा. गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर वीर अस्पताल पठाएपछि विवाद उत्पन्न भएको छ । डा. गौतम प्रमुख प्रशासकीय अधिकृत भएर वीर अस्पताल गएपछि निमित्त निर्देशकको रुपमा रहनुभएकी डा. शान्ता सापकोटा बिदा बस्नुभएको छ । अस्पतालको प्रमुख को हो भन्ने विषयमा दुइथरी मत देखिएपछि विवाद बढेको छ । 

यसै सन्दर्भमा कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई निमित्त निर्देशक र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद के हो भनेर सोधेका छौँ । उहाँले वीर अस्पताल युनिफाइड अस्पतालमा रुपान्तरण भइसकेकाले प्रमुख आफै रहेको बताउनुभयो । सरकारले अर्को नियुक्त नगरुञ्जेल अथवा अध्यादेश क्रियाशिल रहुञ्जेल वीर अस्पतालको प्रमुख डा. जागेश्वर गौतम नै रहने बताउनुभयो । 

सरकारले गरेको निर्णयलाई नमानी विवाद सिर्जना गरेर मिडियाबाजीमा जानु राम्रो नभएको डा. गौतमले बताउनुभयो । निमित्त निर्देशक रहनुभएकी डा. सापकोटाको पद नै अहिले नरहेको भन्दै विवाद नझिक्न आग्रह गर्नुभयो ।