३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु, छोरा घाइते



अ+ अ-

लमजुङ । जिल्लाको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । 

आज बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्र्याक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
 
उनका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते भएका छन्  । उनीहरु नाताले आफ्नै बाबु छोरा रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक छोरा रहेका थिए । प्रहरीका अनुसार ट्र्याक्टर अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँदा बाबुको मृत्यु भएको थियो । 

छोराको हातमा चोट लागेको छ । शव परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो ।