२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन



अ+ अ-

भादगाउँ । नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो ।
    
कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले बताउनुभयो । “पूजाअर्चना र दीप प्रज्वलनले कोरोना सङ्क्रमण भई उपचार गराइरहनुभएका आम नेपालीमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासका साथ मन्दिरमा दीप प्रज्वलन गरिएको हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताउनुभयो । कार्यक्रममा स्थानीय वडा कमिटी र भ्रातृसङ्गठनका पदाधिकारी र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।