३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपनको रौनक : नाडाल, जोकोभिच र फेडररको शानदार खेल



अ+ अ-

विश्व लनटेनिस प्रतियोगिता अन्तर्गत फ्रेन्च ओपन निकै प्रतिष्ठित खेल प्रतियोगिता मानिन्छ । यो ग्रान्डस्लाम प्रतियोगिता फ्रान्सको राजधानी पेरिसमा यतिबेला जारी छ । लकडाउनका दिनमा फ्रेन्च ओपनले टेनिसमा रुचि हुनेहरुलाई भरपुर मनोरञ्जन दिइरहेको छ ।

फ्रेन्च ओपनको क्ले कोर्टमा जारी भिडन्त निकै रोचक छ ।   

गत मे २४ तारिखबाट शुरु भएको यो खेल आगामी जुन १३ तारिखसम्म चल्नेछ । हालसम्म तेस्रो राउन्डका खेलहरु जारी छन् । अर्थात् आइतबारदेखि चौथो राउन्डका खेलहरु हुनेछन् ।

यस प्रतियोगितामा विश्वका सर्वश्रेष्ठ खेलाडीहरुको अवस्था सुदृढ देखिएको छ । नयाँ र वरियतामा तल्लो स्तरमा रहेका खेलाडीहरुले माथिल्लो वरियताका खेलाडीलाई सामान्य चुनौती मात्र दिएका छन् ।

पुरुष एकलतर्फ तेस्रो राउन्डका खेलहरुमध्ये अर्जेन्टिनाका डिएगो स्वार्जम्यानले जर्मनीका पी कोल्सस्राइबरलाई ६–३, ६–२ र ६–१ को सोझो सेटमा पराजित गरेका छन् । उनी अब चौथो राउन्डमा प्रवेश गरेका छन् ।

त्यस्तै, स्टिफानाेस चिचिपासले अमेरिकी जे इस्नरलाई ६–३, ७–६, ६–१ ले पराजित गरेका छन् । आजै जे सिनर र एम येमर, अल्काराज गार्सिया र जे स्ट्रफ, नोभाक जोकोभिच र आर बेरानकिस, राफेल नाडाल र सी नोरी, बेरेन्टिनी र एस क्वोनबीच खेल हुँदैछ ।

तेस्रो चरणको एउटा खेल आइतबार रोजर फेडरर र डी कोफरबीच हुँदैछ ।

महिला एकलतर्फ भने तेस्रो राउन्डमा अमेरिकी किशोरी स्लोन स्टिफेन्सले चेक रिपब्लीककी कारोलिना मुचोभालाई संघर्षपूर्ण खेलमा ६–३, ७–५ ले पराजित गरिन् । अन्य सातवटा खेलहरु आजै हुँदैछन् ।

गत वर्ष सन् २०२० को फ्रेन्च ओपनको उपाधि पुरुष एकलतर्फ राफेल नाडालले जितेका थिए । उनले फाइनलमा चिरप्रतिद्वन्द्वी नोभाक जोकोभिचलाई पराजित गरेका थिए । नाडालको यो १३ औं फ्रन्च ओपन उपाधि थियो ।

महिलातर्फ भने पोल्यान्डकी इगा स्वाइटेकले सोफिया केनिनलाई पराजित गरेर उपाधि उचालेकी थिइन् । यो उनको पहिलो उपाधि थियो । कुनै पनि पोल्याण्डका खेलाडीले फ्रेन्च ओपन जितेको पनि यो पहिलो अवसर थियो ।
––