१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराती



अ+ अ-

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री किरातीले हलेसी खोटाङ जिल्लाको मात्र नभई पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । “हलेसीको विकासका लागि मुलुकको अन्य ठाउँमा समेत प्रचार–प्रसार गर्न आवश्यक छ । आगामी दिनमा नेपाल छिर्ने मुख्य नाका काँकडभिट्टा, चतरालगायतका ठाउँमा समेत प्रचार–प्रसारका लागि होडिङबोर्ड राख्नुुपर्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो, “हलेसीमा खुला सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न सरकारले तयारी गरेको छ । विभिन्न मुलुकबाट हलेसी आउने पाहुनालाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिने गरी योजना निर्माण गर्नु आजको आवश्यकता हो । यसका लागि मन्त्रालयले गर्ने सहयोग गर्छ ।”

पर्यटकीय क्षेत्रको अनुगमन भ्रमणका लागि आज खोटाङ आउनुभएका मन्त्री किरातीले त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि ब्रान्डिङ गनुपर्नेमा जोड दिनुभयो । उहाँले हलेसी र किराँत समुदायको उद्गमस्थल तुवाचुङको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा हलेसी विकास समितिका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईले त्रिधार्मिकस्थल हलेसीको विकासले खोटाङको मात्र नभई मुलुकै आर्थिक समृद्धिमा टेवा पुग्ने मन्त्री किरातीलाई जानकारी गराउनुभयो । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहनुभएका अध्यक्ष राईले हलेसी मन्दिर तथा गुफा नजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको जानकारी दिनुभयो ।

नगरप्रमुख विमला राईले मन्त्री किरातीलाई स्वागत गर्नुहुँदै यस क्षेत्रको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले हलेसीमै बुनिएको खाँडीको कपडा चिनोस्वरुप मन्त्री किरातीलाई प्रदान गर्नुहुँदै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी गराउनुभयो । रासस