२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई रिझाउदै सत्ता टिकाउन गिट्टी, बालुवा र ढुंगा निकासीको घोषणा: विपक्षी गठबन्धन



अ+ अ-

 काठमाडौ।  गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न सरकार बिरुद्धको मोर्चामा आबद्ध दल र नेताहरुले माग गरेका छन् ।

शनिबार संयुक्त विज्ञप्ति जारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले बाट कारबाहीका पर्नुभएका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सरकारको यो निर्णय सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहीत विरोधी कदम भएको दाबी गरेका छन् । उनिहरुले ढुंगा, बालुवा र गिटीको निकासी गरेर व्यापार घाटा न्यूनिकरण गर्ने बजेटको घोषणा गलत भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो ।’उनिहरुले  काम चलाउ भइसकेको प्रधानमन्त्रीले  मन्त्रिपरिषद् पुनर्गठन गर्नु संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भएको दाबी पनि गरेका छन् ।