२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङ राई ‘कार्साङ’ मा अनुबन्धित



अ+ अ-

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् ।

फिल्मको ९० प्रतिशत छायांकन बाहबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।