१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगर खेती गर्नेलाई कैलारी गाउँपालिकाले दियो शतप्रतिशत अनुदान, मालपोत शुल्क ५० प्रतिशत मिनाहा



अ+ अ-

कैलाली । जिल्लाको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ ।

जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो ।

गत वर्षको बाढीबाट बिस्थापित १६ घर परिवारलाई टेन्टमा जंगलमा बसोवास गराउँदै आएको गाविसले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो । बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनु भयो ।

उहाँले भन्नुभयो “बाढी प्रभावितहरुको आर्थिक अवस्था राम्रो होस् भन्ने उद्देश्यले बगर खेतीका लागि प्रोत्साहन गरेका हौँ । बाढी प्रभावित क्षेत्रहरुमा एकदमै गरिबी छ । आर्थिक अवस्था नाजुक छ । अब स्थानीय सरकारको सिमित स्रोत, साधन हुन्छ । त्यसैले आर्थिक अवस्थामा सहयोग पुगोस् भनेर अनुदानमा बगर खेती गर्न सघाएका हौँ ।

यो गाउँपालिका जिल्लामै सबैभन्दा बढी बाढीप्रभावित क्षेत्र हो । गत वर्षको बाढीले वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको बस्ती नै बगाएको थियो । उनीहरुको एकधुर पनि जमिन छैन । मोहना जस्ता ठूलाठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माण हुन सकेको छैन । पूरै एरिया नै तटबन्ध गर्नुपर्ने हुन्छ ।”

गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ । अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरुले बगर खेती गरेको देख्न सकिन्छ । नदी किनारका अधिकांश स्थानहरु बगर खेतीका कारण हरियो देखिने गरेका छन् ।