३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, को-को बन्दैछन् नयाँ मन्त्री ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि ओलीले जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्षलाई सरकारमा सहभागी गराएको दुई दिनमै पुनः मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूसँग रहेका ८ मन्त्रालयमध्ये ७ वटामा मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।   

पूर्व माओवादी खेमाका नेताहरूले सम्हालेका र शुक्रवार बिदाइ भएका एमाले मन्त्रीहरूले सम्हालेका मन्त्रालय अहिले ओलीले राखेका छन् । 

गृह, सूचना तथा सञ्चार प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ओलीसँगै छन् । 

मन्त्रीका आकांक्षीको सूची लामो भएपनि पूर्वमन्त्री गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी, कर्ण थापा, नारदमुनी रानाको चर्चा रहेको एमाले स्रोतले बतायो । गृह र सञ्चार मन्त्रालयमा धेरै नेताको दाबी रहेको स्रोतले बतायो । 

यस्तै विद्या भट्टराई, शान्ता चौधरी, राधा ज्ञवालीलगायत महिला नेतृहरू पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् । 

प्रधानमन्त्री ओलीले शुक्रवार जसपाका ८ मन्त्रीसहित एमालेका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । 

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बाहेक पूर्वमाओवादीबाट एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी समूहबाट पनि मन्त्रीमा समेटिन सक्ने स्रोतले बतायो ।