२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैज्ञानिकले बनाए ८० सेकेन्डमै कोरोना पत्ता लगाउने अनौठो यन्त्र



अ+ अ-

एजेन्सी । इजरायलका वैज्ञानिकले  कोरोना परीक्षणमा सहज प्रविधि विकास गरेका छन्। 

अब ‘इलेक्ट्रिक नाक’बाट कोरोना भाइरस भए/नभएको पत्ता लगाउन सकिनेछ । 

वैज्ञानिकका अनुसार यो यन्त्र बिरामीको नाकमा सुँघाइन्छ र ८० सकेन्डमा त्यसको नतिजा आउँछ। यो प्रविधिबाट ९४ प्रतिशतसम्म रिपोर्ट सही आउने वैज्ञानिकहरुको दाबी छ ।

यसलाई कोरोना संक्रमण शंका गरिएका बिरामीको नाकमा घुसारिन्छ। जसले बिरामीको नाकमा रहेको रासायनिक गन्ध परीक्षण गर्छ र कोरोना छ कि छैन भनेर बताउँछ।

अनुसन्धानकर्ताका अनुसार हरेक रोगको विशेष गन्ध हुन्छ, जसले शरीरको मेटाबलिक प्रक्रिया परिवर्तन गरिदिन्छ। यही सूत्रबाट यो नयाँ प्रविधि विकास गरिएको हो।

वैज्ञानिकका अनुसार यस प्रविधिलाई पेन–३ नाम दिइएको छ। विद्युत् नाक एउटा लामो ट्युब जोडेर बनाइएको छ । जसमा खास किसिमका सेन्सर लगाइएको छ, जसले नाकमा रहेको भाइरस पत्ता लगाउँछ ।

हालसम्म यस प्रविधिद्वारा ५ सय ३ जनाको कोरोना परीक्षण गरिएको र त्यसमध्ये २७ जनामा कोरोना पोजिटिभ पाइएको समाचार स्रोतमा उल्लेख छ । 
समाचार लिंकः वैज्ञानिकले बनाए ८० सेकेन्डमै कोरोना पत्ता लगाउने अनौठो यन्त्र