२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण हुनेको संख्या ६ लाख नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार एन्टेजिन र पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ लाख एक हजार ६९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

जसमध्ये ३८.९ प्रतिशत महिला र ६१.१ प्रतिशत पुरुषहरु रहेका छन् । यो संक्रमण २१ बर्षको उमेरदेखि ५० बर्ष समूहमा उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडा छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ४ लाख ९१ हजार ९ जना पुगेको छ । ७ हजार ८९५ जनाको कोभिड –१९ को कारण मृत्यु भएको प्रवक्ता पौडेलले बताए । 

पछिल्लो साताको तथ्याङ्कको आधारमा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या केही कमि आएको उनले बताए ।