२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः यी स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केहि पहाडी  भूभागहरुमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । भने, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । 

यस्तै, आज राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।