३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आह्वानको अर्थ छैन : झाँक्री, पारिवारिक मिलन, नत्र बाक्लो दाल खाऊ : बास्कोटा



अ+ अ-

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि भन्दै गर्नुभएको ६ बुँदे आह्वानको बारेमा औपचारिक धारणा तय गर्न वरिष्ट नेता माधव नेपाल-झलनाथ खनाल समूहको स्थायी समितिको बैठक बस्दैछ ।

अध्यक्ष ओलीको आह्वान लगत्तै सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानको स्वागत गर्नु भएको छ ।

नेता भट्टराईले यसले कार्यदल स्तरको छलफललाई पुनः निरन्तरता दिन बाटो खुलेको समेत बताएका छन् । तर नेपाल पक्षकै नेतृ रामकुमारी झाँक्रीले भने  पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य दाबी गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत वक्तव्य प्रति टिप्पणी गर्दै  लेख्नुभएको छ – एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन । यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।

उहाँले  ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि मात्र भएको दाबी गर्नुभएको छ ।

उता पूर्व सञ्चारमन्त्री एवं एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले एकताका लागि अन्तिम प्रयास भएको जनाउँदै नभए बाटो लाग्न सुझाव दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ – अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु ? आफ्नै हुन् माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी शोककाव्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए । लास्ट प्रयास ! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।