२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या



अ+ अ-

काठमाडौं । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् ।शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए ।

नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँका कैयौँ घरमा पनि आगजनी गरेका थिए ।

सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्रहरीले जानकारी दिएको बताइएको छ । त्यसक्रममा यहाँका गाउँलेले पनि ती हमलाकारीहरुका विरुद्धमा जाइलागेका थिए । गाउँलेले गरेको आक्रमणमा परेर बन्दुकधारीका तर्फबाट पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

शनिबार राति ती बन्दुकधारी र गाउँलेबीच लामो समयसम्म झडप पनि भएको थियो । यहाँ भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । ती बन्दुकधारी को हुन् र राति अकस्मात सो गाउँमा आएर किन हमला गरेका थिए भन्ने बारेमा केही बुझ्न सकिएको छैन ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर  पनि त्यस गाउँमा भएको क्षतिको पूर्ण विवरण भने दिइएको छैन । सोही गाउँमा केही समय अघि पनि यसैगरी केही बन्दुकधारीले गाउँलेको ज्यान लिएका थिए । त्यसैले त्यसको बदलामा शनिबार रातिको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।