काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।
अोलीले जसपाका ८ र एमालेका २ मन्त्रीलाई थपेर शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नयाँ मन्त्रीलाई निर्देशनसहित केही निर्णय लिन मन्त्रिपरिषद्को बैठक राखिएको स्रोतले बताएको छ ।