२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेसम्म ९५० जना पत्रकार संक्रमित, फिल्डमा खटिने पत्रकारलाई सचेत रहन आग्रह



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले फिल्डमा खटिने पत्रकार बढ्दो दरमा कोरोना संक्रमणमा पर्न थालेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणबाट पत्रकारहरु संक्रमित हुने दर दिनदिनै बढेको बताउनुभयो । 

देशैभरीमा अहिलेसम्म ९५० जना पत्रकार संक्रमित भइसकेको बताउनुभयो । यसरी संक्रमित भएकामध्ये १९ जनाले ज्यान गुमाइसकेको महासचिव पुरीले बताउनुभयो  । हाल २०० जनाभन्दा बढी सक्रिय संक्रमित पत्रकारहरु रहेको पनि महासचिव पुरीले जानकारी दिनुभयो ।

पत्रकार महासंघले फिल्डमा समाचार संकलन गर्ने पत्रकारहरुले स्वास्थ्य मापदण्डलाई अपनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम पनि सँगसँगै आउने भएकोले पत्रकारहरुले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारहरुलाई आग्रह गरेको छ । 

महासंघले जिल्ला शाखाबाट पनि समन्वय र सहयोग गर्ने भन्दै महासंघको सुचनाको सञ्जालमा आउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारहरुको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव पुरीले बताउनुभयो । 

महासंघमा उजुरी परेका ५० जना पत्रकारहरुमध्ये २९ जनाको समस्या समाधान भएको बताउनुभयो । पछिल्लो समय पत्रकारको श्रमसँग जोडिएको समस्या महासंघ एक्लैले गर्न नसक्ने भएकोले सरकारले समेत अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेको महासंघले निष्कर्ष निकालेको पनि उहाँको भनाई छ । 

सरकारले पत्रकार र श्रमसँग जोडिएको कानूनको प्रभावकारी कार्यान्वयन गराउने हो भने समस्या समाधान छिटो हुने महासचिव पुरीले बताउनुभयो ।