३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान बस्ने सबैलाई सहज रूपमा खोपमा उपलब्ध गराउने कानून मंत्रीको भनाई



अ+ अ-

टोकियो । जापान सरकारले कोरोना भ्याक्सिनको बितरणमा स्वदेशी या बिदेशी भनेर विभेद नगर्ने प्रस्ट पारेको छ । मंगलवार जापानको राजधानी टोकियोमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै न्याय तथा कानून मंत्री खामिखावा ओयोकोले जापान भित्र बसोबास गर्ने सबैले प्रथामिकताका आधारमा क्रमैसंग खोप वितरण गरिने बताएकी हुन् । 

'जापान भित्र बसोबास गरिरहेका (भिजिट बाहेक) सबैलाई खोप उपलब्ध गराउने हाम्रो उद्देश्य छु उनले भनिन 'त्यसका लागि स्थानिय सरकारहरुले काम गरिरहेका छन् ।' स्थानिय सरकारहरुले सबैको ठेगानामै भ्याक्सिन कार्ड पठाउने तयारि गरिरहेको उल्लेख गर्दै मंत्री खामिखावाले अहिले रजिस्टर गरिएको ठेगाना सम्बन्धित व्यक्ति बसे नबसेको बारे अध्ययन भैरहेको छ ।

'हामीले अध्यागमन लगायत बिदेशीहरु आइरहने स्थानहरुमा भ्याक्सिनका लागि कार्ड वितरण हुने जानकारी दिन पर्चा बनाउने गरि अघि बढेका छौ ' उनले भनिन् 'भ्याक्सिन संग सम्बन्धित जानकारी सबै विदेशीले सहज रुपमा बुझुन भनेर १८ देशका भाषामा पर्चाहरु जारी गरिनेछ ।'

रजिस्टर गरिएको ठेगानामा सम्बन्धित मान्छे नबसेको खण्डमा सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि छिटो भन्दा छिटो ठेगाना परिवर्तन गर्न आग्रह गरिने पनि उनले मंत्री खामिखावाले जानकारी दिइन ।  'हामी जापानमा दैनिकी चलाइरहेका सबैलाई कोरोना खोप उपलब्ध गराउने उद्देश्यका साथ अघि बढिरहेका छौ' खामिखावाले भनिन् ' यसका लागि हामीले बनाएका नीतिहरु प्रभाकारी ढङ्गले कार्यान्वन गर्नुको विकल्प छैन ।' 

जापानले अहिले स्वास्थ्यकर्मी र बृद वृदाहरुलाई मात्रैलाइ कोरोना खोप लगाइरहेको छ । जापानको श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल सम्म स्वास्थ्यकर्मीहरुले ८२ लाख ५४ हजार ६८० डोज  (जुन ४ सम्म) र वृद्द वृद्दा (६५ वर्षभन्दा माथी) ९० लाख डोज (जुन ६ सम्म) कोरोना खोप लागाएका छन् । जापानले २ अमेरिकी कम्पनि मोडेर्ना र फिज़र कम्पनीले उत्पादन गरेका खोपहरु प्रयोग गरिरहेको छ ।