३० आश्विन २०८१, बुधबार
,
Latest
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि… स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो भीरमा फालेर छ वर्षीय छोराको हत्या विपद्को जोखिम न्युनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छः पूर्वाधारविद् थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान बस्ने सबैलाई सहज रूपमा खोपमा उपलब्ध गराउने कानून मंत्रीको भनाई



अ+ अ-

टोकियो । जापान सरकारले कोरोना भ्याक्सिनको बितरणमा स्वदेशी या बिदेशी भनेर विभेद नगर्ने प्रस्ट पारेको छ । मंगलवार जापानको राजधानी टोकियोमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै न्याय तथा कानून मंत्री खामिखावा ओयोकोले जापान भित्र बसोबास गर्ने सबैले प्रथामिकताका आधारमा क्रमैसंग खोप वितरण गरिने बताएकी हुन् । 

'जापान भित्र बसोबास गरिरहेका (भिजिट बाहेक) सबैलाई खोप उपलब्ध गराउने हाम्रो उद्देश्य छु उनले भनिन 'त्यसका लागि स्थानिय सरकारहरुले काम गरिरहेका छन् ।' स्थानिय सरकारहरुले सबैको ठेगानामै भ्याक्सिन कार्ड पठाउने तयारि गरिरहेको उल्लेख गर्दै मंत्री खामिखावाले अहिले रजिस्टर गरिएको ठेगाना सम्बन्धित व्यक्ति बसे नबसेको बारे अध्ययन भैरहेको छ ।

'हामीले अध्यागमन लगायत बिदेशीहरु आइरहने स्थानहरुमा भ्याक्सिनका लागि कार्ड वितरण हुने जानकारी दिन पर्चा बनाउने गरि अघि बढेका छौ ' उनले भनिन् 'भ्याक्सिन संग सम्बन्धित जानकारी सबै विदेशीले सहज रुपमा बुझुन भनेर १८ देशका भाषामा पर्चाहरु जारी गरिनेछ ।'

रजिस्टर गरिएको ठेगानामा सम्बन्धित मान्छे नबसेको खण्डमा सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि छिटो भन्दा छिटो ठेगाना परिवर्तन गर्न आग्रह गरिने पनि उनले मंत्री खामिखावाले जानकारी दिइन ।  'हामी जापानमा दैनिकी चलाइरहेका सबैलाई कोरोना खोप उपलब्ध गराउने उद्देश्यका साथ अघि बढिरहेका छौ' खामिखावाले भनिन् ' यसका लागि हामीले बनाएका नीतिहरु प्रभाकारी ढङ्गले कार्यान्वन गर्नुको विकल्प छैन ।' 

जापानले अहिले स्वास्थ्यकर्मी र बृद वृदाहरुलाई मात्रैलाइ कोरोना खोप लगाइरहेको छ । जापानको श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल सम्म स्वास्थ्यकर्मीहरुले ८२ लाख ५४ हजार ६८० डोज  (जुन ४ सम्म) र वृद्द वृद्दा (६५ वर्षभन्दा माथी) ९० लाख डोज (जुन ६ सम्म) कोरोना खोप लागाएका छन् । जापानले २ अमेरिकी कम्पनि मोडेर्ना र फिज़र कम्पनीले उत्पादन गरेका खोपहरु प्रयोग गरिरहेको छ ।